पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि , उपत्यकामा २२ सय ८३


पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना  संक्रमण पुष्टि , उपत्यकामा २२  सय ८३

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ।

काठमाडौं उपत्यकाका २२  सय ८३ जनामा संक्रमण देखिएको छ। काठमाडौंका १८८८ ,ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...