देशको नाम नेपाल नै हो, विशेषण जोड्न जरुरी छैन :मन्त्री ज्ञवाली


देशको नाम नेपाल नै हो, विशेषण जोड्न जरुरी छैन :मन्त्री ज्ञवाली

काठमान्डौ | मुलुकको नाम अगाडि 'संघीय लोकतान्त्रिक गणतन्त्र' नलेख्ने मन्त्रिपरिषद्को निर्णयबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा स्पष्टीकरण दिएका छन् ।

उनले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनले बताए ।

मन्त्री ज्ञवालीले मुलुकको औपचारिक नाम कसैले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने र कसैले नेपाल मात्रै लेख्ने गरेकाले अबदेखि मुलुकको औपचारिक नाम 'नेपाल' मात्रै लेख्ने निर्णय गरिएको बताए ।

संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

नेपालमा संघियता खाँचाे छैन : गोकुल वास्कोटा
पूर्व संचारमन्त्री गोकुल बास्कोटाले द्वन्द ब्यवस्थापनकाे लागि संघियता मान्दिनु परेकाे दावी गरेकाछन् । गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो । तत् प…

संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले राज्य प्रणालीबारे नभई नामका सम्बन्धमा निर्णय गरेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यसलाई पोलिटिकल सिस्टमसँग जोडेर कतै सरकारले पोलिटिकल सिस्टममाथि नै प्रश्न उठाउन खोजेको हो कि ? अथवा सरकारको संघीयता लोकतान्त्रिक गणतन्त्रको निष्ठामा कमी आउन खोजेको हो कि भन्ने अर्थ लगाउनु अनुचित हुन्छ ।’

उनले अघि भने, ‘सिद्धान्त, नीति वा प्राज्ञिक बहसमा कसैलाई संघीयता मन पर्न सक्ला, कसैलाई मन नपर्न सक्ला । पक्ष विपक्षमा टिकाटिप्पणी गर्ला । त्यो उसको व्यक्तिगत कुरा हो । तर संघीय लोकतान्त्रिक गणतन्त्र व्यक्तिगत यथार्थ हो, यसलाई कसैले पनि परिर्वतन गर्न सक्दैन । त्यसमाथि त्यो पोलिटिकल सिस्टम परिर्वतनका लागि दुई तिहाई बहुमतले संविधान संशोधन गर्नुपर्छ ।’


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...