सोमबार शेयर बजार परिसूचक, नेप्से ४०.६४ अंकले बढेर २,५१५.०३ बिन्दूमा पुगेको छ ।
आज सबै समूहका परिसूचक हरियाली भएको छ । ट्रेडिङ समूहको परिसूचक सबैभन्दा उच्च ३.३२ प्रतिशतले बढेको छ । त्यस्तै होटल र टुरिजम समूहको परिसूचक पनि २.७१ प्रतिशतले बढेको छ भने वित्त कम्पनी समूहको परिसूचक २.०४ प्रतिशतले बढेको छ ।
आज शेयर बजारमा सबैभन्दा ठूलो सेयर कारोबार निफ्राकै भएको छ । सोमबार निफ्राको सेयर मूल्य ४.१३ प्रतिशतले बढेर अन्तिम कारोबार मूल्य ५२९ रुपैयाँ कायम भएको छ ।
सोमबार निफ्राको मात्रै ४४ करोड ४८ लाख ५२ हजार ६ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रापछि ठूलो कारोबार भएका कम्पनीहरूमा शिखर इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक, नेपाल बैंक लिमिटेड तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
आज बढी कमाउनेमा चन्द्रागिरि हिल्स रहेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९० प्रतिशत बढेर अन्तिम कारोबार मूल्य ४५५ रुपैयाँ कायम भयो ।
शेयर बजारमा अत्याधिक खरिद वा बिक्रीको चाप हुँदा दैनिक कारोबार १० अर्ब रुपैयाँको कारोबार नाघेकोमा सोमबारको कारोबार औसत देखिएको छ । सोमबार नेप्सेमा २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ मूल्यका १ करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर ७० हजार तीन सय ३९ कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।