काठमाण्डौं | सेयर बजारको परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ। ८.६६ अंकले बढेपछि परिसूचक २५४३ अंकको कायम भएको छ।
आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ८ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ७ अर्ब ६२ करोडमा झरेको छ।
यस दिन बैंकिङ समूह २६ अंकले बढेको छ। होटल ४४, विकास बैंक १, फाइनान्स ३८ र निर्जीवन बीमा समूह ६२ अंकले बढेका छन्। ब्यापार ९७, जलविद्युत १९, उत्पादन ६९, अन्य ६, माइक्रोफाइनान्स ४४ र जीवन बीमा ११५ अंकले घटेका छन्।
कारोबारका आधारमा यस दिन ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। साधना लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.३ प्रतिशतले घट्यो।