शेयर बजार परिसूचक नेप्से बिहीवार आठ अङ्कले बढेको छ । नेप्से आठ दशमलव ३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको छ ।
बिहीवार दुई सय एक कम्पनीका एक करोड ८७ लाख १९ हजार कित्ता शेयर सात अर्ब ६१ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किन/बेच भएको छ ।
समग्र बजार बढे पनि कर्पोरेट विकास बैंक र प्रभु लाइफ कम्पनीका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।