durbar-times

१२ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी


१२ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

सोमबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ । गिरावटपछि परिसूचक २६५२ अंकमा कायम भएको छ।

माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन् । यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ।

विशाल बजारको मूल्य ६१६८ रुपैयाँ पुगेको छ। महिलाको मूल्य प्रतिकित्ता ३७८० रुपैयाँ पुगेको छ। सिंगटी हाइड्रोको मूल्य ४३१ रुपैयाँ पुगेको छ ।

कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले बढेर प्रतिकित्ता ४८५ रुपैयाँ कायम भएको छ।

सेयर बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन। ७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरू :

सबैभन्दा बढी गुमाउने कम्पनीहरू



1

बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send