http://bit.ly/bajajdurbartimes

नेप्से फेरि अर्को एतिहासिक उचाईतर्फ अघि बढ्यो, कारोबारमा व्यापक रौनकता


नेप्से फेरि अर्को एतिहासिक उचाईतर्फ अघि बढ्यो, कारोबारमा व्यापक रौनकता

सेयर बजार बुलिस प्रवृत्तिमा अघि बढेको छ । कतिपय कम्पनीहरुको भाउ बढेर सर्किट ब्रेकर लागिरहेको छ । विशेषगरी बिमा, व्यापारिक, उत्पादनमूलक र अन्य समूहमा व्यापक तेजी आएको छ । यसमध्ये पनि जीवन बिमा समूहमा व्यापक वृद्धि देखिएको छ । करेक्सनपछि नेप्से सूचक फेरि ऐतिहासिक उचाई तय गर्ने क्रममा अघि बढेको छ । नेप्से सूचक आइतबार २००० विन्दुभन्दा माथि अडिएको थियो ।

त्यसपछि सोमबार लगानीकर्ताको आत्मबल थप उच्च भएको पाइएको हो । सोमबार बजार सूचक र कारोबार रकम दुवैमा व्यापक विस्तार भएको छ । पछिल्ला प्रवृत्तिहरु हेर्दा बजार स्पष्ट रुपमा बुलिस चक्रमा प्रवेश गरिसकेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । बुलिस बजारको प्रवृत्ति यस्तै हुन्छ । राम्रा कम्पनीहरुको भाउ एक लेबलमा नपुग्दासम्म नरोकी बढ्ने पनि गर्दछ । त्यसपछि फेरि विस्तारै यसअघि नबढेका कम्पनीहरु पनि बढ्न सुरु गर्छन् । बजारको घट्ने भन्दा बढ्ने अनुपात नै बढी हुन्छ ।

यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । बजारले दिनहुँ नयाँ उचाईहरु बनाइरहेका बेला हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । बैंकहरुले सेयर कर्जा प्रवाह गरिरहेका छन् । कर्जाको ब्याजदर सस्तो छ । बैंकहरुले धमाधम मुद्दति निक्षेपको समेत ब्याजदर घटाउन थालेका छन् ।

आइतबार मात्रै एनआइसी एसिया बैंकले मुद्दति निक्षेपमा समेत अब ६.५%  मात्र ब्याज दिने घोषणा गरेको छ । एनआइसीले बचतमा पनि जम्मा १.५% मात्र ब्याज दिने भनेको छ । अन्य बैंकहरुले पनि मुद्दति तथा बचतमा ब्याजदर निकै तल्लो विन्दुमा झारेका छन् । यसबाट निक्षेपकर्ता थप निरुत्साहित हुने देखिएको छ । यसरी निरुत्साहित भएका बचतकर्ता सेयर बजारतर्फ आकर्षित हुने अनुमान छ । यसले पनि बजारमा सकारात्मक प्रभाव पार्दै गएको अनुमान छ ।

यसबाहेक बजारले लामो अवधिको वियरिस चक्र पूरा गरेको छ । सेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन् । यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन् । बजारको आफ्नै नियम हुन्छ । निश्चित चक्रमा हिँड्छ । यसका बारेमा पनि जानकारी आवश्यक पर्ने उनीहरुको भनाई छ । तर लगानीकर्ताहरुले आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले लगानी सम्बन्धी निर्णय लिनुपर्छ ।

कम्पनीहरुको वित्तीय सूचकलाई अध्ययन गर्न बिर्सिनु हुँदैन । समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ ।

साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ । नेप्से सूचक ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा आइपुगेको छ । २०२ कम्पनीको ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजारभन्दा बढी कित्ता कारोबार भएका छन् । हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् ।

नेपाली पैसा

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send