शेयर बजारमा विहिबार फेरी उछाल कायम भएकाे छ । नेप्से ३१.८७ अंकले बढेर २ हजार ३७४.६४ बिन्दुमा पुगेको छ । याे हालसम्मकै उच्च विन्दु हाे।
बिहिबार कुल २०९ कम्पनीकाे १ कराेड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर बिक्री भएकाे छ । काराेबार रकम भने ७ अर्ब ७९ कराेडभन्दा बढी रहेकाे छ ।
बिहिबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे ५३ कराेड ३० लाखभन्दा धेरै रकमकाे शेयर काराेबार भएकाे छ ।
सबैभन्दा धेरै कमाउने कम्पनीमा बिहिबार सपाेर्ट माइक्राेफाइनान्स रहेकाे छ भने सबैभन्दा बढी गुमाउने कम्पनीका नारायणी डेभलपमेन्ट बैंक रहेकाे छ ।