शेयर बजार एकनास हुँदैन । कहिले तल कहिले माथी भैरहनु यसकाे स्वाभाव नै हाे । त्यस्तै लगातार उकालाे लागिरहेकाे नेप्सेमा हिजाे मंगलबार केही करेक्सन भएकाे थियाे । आज फेरी उकालाे लागेकाे छ ।
आज १८.७६ अंकले बढेर नेप्से २४४१.८५ अंकमा आइपुगेकाे छ । विश्लेषकहरूका अनुसार अझै केही समय नेप्सेकाे उकालाे यात्रा लगातार हुनेछ ।
बुधबार २०८ कम्पनीकाे १ कराेड ५२ लाख ८९ हजार २५९ कित्ता शेयरकाे काराेबार भएकाे छ । काराेबार रकम भने ८ अर्ब ६२ लाख ३८ हजार ७७० रूपैँया रहेकाे छ ।
सबैभन्दा धेरै शेयर नेसनल हाइड्राेपावरकाे १४ लाख कित्ताभन्दा बढि शेयर बिक्री भएकाे छ । काराेबार रकमका अनुसार भने नेपाल लाइफ इन्स्याेरेन्सकाे ९३ कराेड ३१ लाख रूपैँयाभन्दा बढीकाे काराेबार भएकाे छ ।