पछिल्ला दिनहरूमा लगातार बढेको शेयर बजारमा आइतबार भने गिरावट आएको छ । नेप्से सूचक ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा अडिएको छ ।
२०४ कम्पनीको १ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहका सूचकहरु घटेका छन् । प्रभु लाइफ इन्सुरेन्सको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।
बजार घटेका बेला पनि खरिदबिक्री रकमले राम्रो साथ दिएको छ ।८ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुनुले सकारात्मक भविष्यका संकेत गरिरहेको अनुमान गर्न सकिन्छ ।
खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ३९ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा शिखर इन्सुरेन्स र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।