नेप्सेले बुधबार अहिलेसम्मकै उच्चतम विन्दु २१२७ अंकलाई परीक्षण गरको छ । नेप्सेले इन्ट्रा डे कारोबारमा सर्वाधिक विन्दु टेस्ट गरेर फर्किएको हो । यसअघि नेप्से अधिकतम २११७ विन्दुसम्म पुगेर फर्किएको थियो । यसर्थ, उच्चतम विन्दु टेस्ट गरेपछि बजारमा फेरि केही करेक्सन पनि आएको छ । सेयर बजारको आफ्नै गति र प्रवृत्ति हुने गर्दछ । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ ।
विभिन्न उतारचढावहरु पनि आउने गर्छन् । यी उताचढावहरु पार गर्दै नेप्सेले अग्रगति समाउने हो । करेक्सन हुँदै अघि बढेको बजार थप बलियो हुने अनुभवी लगानीकर्ताहरु बताउँछन् । पछिल्ला दिनहरुमा बैंकिङ समूहमा तेजी आइरहेको छ ।
नेप्से सूचक ७.०४ विन्दुले बढेर २०६८.४५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०३ कम्पनीको १ करोड १५ लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । वाणिज्य बैंक, जीवन बिमा र म्युचुअल फन्डका सूचक वृद्धि भएका छन् । बाँकी समूह तल झरेका छन् ।