काठमाण्डौ | साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक ३७.४८ अंकले बढेको छ । कारोबारको तेस्रो घण्टासम्म आउँदा परिसुचक १.७१ प्रतिशतले बढेको हो । तीन घण्टामा नेप्से परिसुचक २२३१.९६ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमा तीन घण्टाको अवधिमा एक उपसमुह भने ओरालो लागेको छ । जीवन बीमा ९.३९ अंकले ओरालो लागेको हो ।
दुई बजेसम्म कारोबारमा आएका २०६ कम्पनिको १ करोड ४ लाख ७३ हजार ५४६ कित्ता शेयर ४० हजार ६२० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५० करोड ७ लाख बराबरको कारोबार भएको छ ।