http://bit.ly/bajajdurbartimes

नेप्सेमा झिनाे अंककाे गिरावट,शिखर इन्स्याेरेन्सकाे सबैभन्दा बढी काराेबार


नेप्सेमा झिनाे अंककाे गिरावट,शिखर इन्स्याेरेन्सकाे सबैभन्दा बढी काराेबार

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अनले घटेको छ । सोमबारको तुलनामा बजार ३.५४ अंकले घटेर २१६५.४९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ८ लाख ९ हजार ६२५ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको कारोबार भएको छ ।

२८ लाख कित्ताकाे माग तर ३० कित्ता बिक्री
दुई दिन अघिमात्र नेप्सेमा कारोबार सुरु गरेको प्रभू लाइफको शेयर खरिद गर्न चाहानेको चाप बढेको छ । न्युन्तम मूल्यबाट कारोबार सुरु भएको यस कम्पनीको मुल्य बढ्ने आशमा बिक्रीकर्ता आएका छैनन् । कम्पनीको शेयर बेच्ने कोहि नभए पनि ११ हजार ६ सय ९६ लगानीकर्ताले २८ लाख २३ हजार कित्ता सेयर खरिदको माग गरेका छन् ।…

आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६९ करोड ६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सको सेयर, बजारमूल्यमा व्यापक चलखेल
आइतबार पहिलोपटक कारोबार खुलेको प्रभु लाइफको सेयरलाई नेपाल स्टक एक्सचेञ्जले १ सय ९ रुपैयाँ ५६ पैसादेखि १ सय ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज दिएको थियो । यसको अर्थ यो रेञ्जको बीचमा जतिसुकै मूल्यमा पनि पहिलो कारोबार हुन सक्थ्यो । भर्खरै आईपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको प्रभु लाइफको…
1

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

2

अन्ततः डा गोविन्द केसी पनि सडकमा

3

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

4

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?

5

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

6

इन्फ्रास्ट्रक्चरको आइपीओमा आवेदनको बाढी,पहिलो दिन कति पर्यो आवेदन?


Share Tweet Send