काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ अंकमा कायम भएको हो।
आज २०९ वटा कम्पनीको ९१ लाख ३८ हजार कित्ता सेयर ६४ हजार ५१५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज जलविद्युत, वित्त र लघुवित्त समूह क्रमशः २४.५२, ५.२, र ४४.५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २१२.८३ अंकको गिरावट देखिएको छ।
त्यस्तै, बैंकिङ ६.७२, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, र उत्पादन समूह २०.१८ अंकले घटेको छ। अन्य समूहको उपसूचक १९.२१, जीवन बीमा समूहको उपसूचक ३०.६५ र लगानी समूहको उपसूचक ०.०६ अंकले घटेको छ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबरको ७ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ। अडोज इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.९२ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले प्रतिकित्ता ७.१७ प्रतिशतका दरले गुमाएका छन।