काठमाडौं | नेरुडे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
नेरुडेले गत वर्ष १५% बोनस सेयर र ५.७९% नगद गरी कुल २०.७९% लाभांश दिएको थियो ।