http://bit.ly/bajajdurbartimes

एउटा परेवाको मूल्य २२ करोड !


एउटा परेवाको मूल्य २२ करोड !

काठमाडौं । एएउटा परेवाको मूल्य कतिसम्म पर्ला ? तपाईं कति रुपैयाँ तिरेर किन्नुहुन्छ ? हजार..., १० हजार... वा सोभन्दा कम ? तर बेल्जियमा भएको एउटा परेवा १९ लाख डलर (भारु १४ करोड) रुपैयाँभन्दा बढी तिरेर किनिएको छ ।

बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ ।

न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ ।

तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई २ सय ३७ डलरमा लिलामीमा राखिएको थियो । तर त्यसको मूल्यभन्दा कैयौ गुणा धेरै अर्थात् १९ लाख डलरमा चीनका एक व्यक्तिले सो परेवा खरीद गरे ।

समाचार एजेन्सी रोयटर्सका अनुसार परेवारको मूल्य त्यतिधेरै परेको सुन्दा उक्त परेवाका मालिक कुर्त वाउवर आफु तिनछक परेको बताउँछन् ।

यसअघि सबैभन्दा बढि मूल्यमा बिक्ने परेवाको किर्तिमान एउटा चार वर्षको भाले परेवारको नाउँमा थियो, जो १४ लाख डलरमा बिक्री भएको थियो । अरमान्डो नामको उक्त रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस ह्यामिल्टन पनि भनिन्थ्यो । उक्त परेवा रिटायर्ड हुनुभन्दा अगाडि सन् २०१९ मा त्यो परेवालाई बिक्री गरिएको थियो ।

सबैभन्दा महंगो परेवा न्यू किमले सन् २०१८ मा आयोजित परेवा उडान प्रतियोगितामा विभिन्न राष्ट्रिय प्रतिस्पर्धाहरु जितेको थियो र त्यसपछि उसले अवकास लिएको थियो ।

पछिल्लो केही वर्षमा चीनमा परेवाको उडान प्रतियोगिता निकै लोकप्रिय बनिरहेको छ ।

त्यसैले न्यू किम नामक बेल्जियन परेवा खरीदका लागि चीनका दुईजना खरीदकर्ताहरुले लिलाम बढाबढमा बोली लगाएका थिए ।

यो परेवाले १० वर्षको उमेर हुँदासम्म फुल पार्न सक्दछ । त्यसैले करोडौँमा किनिएको यो परेवालाई समेत प्रजनन मार्फत रेसिङ परेवा उत्पादनका लागि प्रयोग गर्ने सम्भावना रहेको छ ।

लिलामी संस्था पिपाका सिइओ निकोलसका अनुसार न्यू किम परेवाको किर्तिमानी मूल्य अविश्वसनीय हो ।

उनका अनुसार बेल्जियममा करीब २० हजार परेवा पालक रहेका छन् ।

-बीबीसी

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send