durbar-times

नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेले तोड्यो रेकर्ड, कारोबार रकम ८ अर्ब माथि


नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेले तोड्यो रेकर्ड, कारोबार रकम ८ अर्ब माथि

काठमाडौं | नेप्सेले फेरी रेकर्ड तोडेको छ । २०.६७ अंकले बढेर नेप्से परिसूचक २७३५.४६ बिन्दुमा पुगेको छ । नेप्से अहिलेसम्मका सबै रेकर्ड तोडेर ऐतिहासिक बिन्दुमा पुगेको हो ।

ट्रेडिङ र जलविद्युत् समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ ।

एनआइसी लघुवित्त, ज्योति लाइफ इन्‍स्योरेन्स कम्पनी, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्यांग्दी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ पुगेको छ । ९५ हजार ७३७ पटकको कारोबारमा १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ककिनबेच भएको छ । यसबीच सबैभन्दा बढी कारोबार एनआइसी लघुवित्तको भएको छ । ४९ करोड ८९ लाख रुपैयाँ बराबर कारोबार भएको यो लघुवित्तको सेयरमूल्य १८६८ रुपैयाँ कायम भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ४९ करोड ८७ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । निफ्राको सेयर मूल्य ५९५ रुपैयाँ कायम भएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send