चोट बोकेका नेयमार केही साता मैदान बाहिर


चोट बोकेका नेयमार केही साता मैदान बाहिर

ब्राजिली स्टार नेयमार पुन केही साता मैदान बाहिर रहने भएका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड कम्तिमा नोभेम्बरको अन्तराष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् । २८ वर्षिया फरवार्डले च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा चोट बोकेका थिए । गत बुधबार भएको च्याम्पियन्स लिगको खेलमा पीएसजीले इस्लानबुल बासाकेशिरलाई २–० ले हराएको थियो ।

इस्तानबुल बासाकेशिरको पोस्टमा पीएसजीको दुई गोल, नेयमार घाइते
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ । बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो । सबैभन्दा धेरै रेड कार्ड पाउने १० खेलाडी - Top 10 Red Card Holdersधेरै खेलाडिहरूले करियरको क्रममा केवल…

खेलको सुरुवातमै नेयमार चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । ‘ग्रोइन’मा चोट बोकेका नेयमार भने केही हप्ता मैदान बाहिर रहने भएका हुन् ।

‘हामी निराश छौ ।’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनलाई एक सानो चोट लागेको छ । उनी अन्तराष्ट्रिय ब्रेकपछि फर्किनेछन् । मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन् । हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन् ।’

अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।

ब्राजिलका अन्तराष्ट्रिय फरवार्ड सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए । प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन् ।

‘उनलाई मैदान उतार्न आवश्यक थियो । अब हामीलाई एक समाधानका लागि प्रतिक्षा गर्न आवश्यक छ । यो गम्भिर चोट थिएन । तर उनले असहज महशुश गरिरहेका थिए । उनले केही खेल गुमाउन सक्छन् । तर यस विन्दुमा निश्चित हुन सक्ने अवस्था छैन ।’ टुचेलले भने ।

एम्बाप्पेले पीएसजी छोड्ने: ला लिगा अथवा इंग्लिस प्रिमियर लिगमा जाने योजना
पेरिस । विश्व विजेता फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार फरवार्ड केलियन एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेका छन् । एमबाप्पेले क्लबका पदाधिकारी तथा अफिसियललाई अर्काे समरमा बिक्री गर्नका लागि आग्रह गरेका हुन् । एम्बाप्पेले क्लबका डाइरेक्टर लियोनार्दोल…

नेयमारले कोरोना कारण लिग वानको पहिलो खेल गुमाएका थिए । उनले पीएसजीका लागि यस सिजन ६ खेलमा २ गोल गर्नुका साथै ४ गोलको अवसर सिर्जना गरेका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...