durbar-times

नेयमारले पीएसजीसँग नयाँ सम्झौता गर्दै


नेयमारले पीएसजीसँग नयाँ सम्झौता गर्दै

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।

नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने भएका हुन् ।

स्रोतका अनुसार नेयमार र पीएसजीबीच नवीकरणको औपचारिक सम्झौता मात्र बाँकी रहेको छ ।सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहने छन् ।

पछिल्लो समय अर्जेन्टिनाका लियोनल मेस्सी पीएसजी जाने चर्चा चलिरहेको समय नेयमारले पीएसजीसँगको सम्झौता थप गर्न लागेका हुन् ।

नेयमार र मेस्सी बार्सिलोनाका टिम मेट हुन् । बार्सिलोनासँग मेस्सीको सम्झौता सिजनको अन्तिममा सकिदैछ । २८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । पछिल्लो समय नेयमारले आफु पेरिसमा खुशी रहेको बताउदै आएका छन् ।

'अहिले म खुसी छ। वास्तबमै खुसी छु,' उनले एक अन्तर्वार्तामा भनेका छन्, 'परिस्थिति धेरै बदलिएको छ । अहिले मलाई राम्रो लागिरहेको छ । म खुसी छु । म पीएसजीमा बस्न चाहन्छु ।'

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send