साताको पहिलो दिन कारोबारको शुरूवातदेखि नै इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य बढेको छ । बिहान ११ः२३ बजेको समयमा बैंकको शेयर मूल्य बढेर सर्किट लेभलमा पुगेको छ ।
हालसम्म बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ ।
गत साताको शुरूको दिन ३ सय ४० रुपैयाँबाट शुरू भएको कारोबार आज (आइतवार) ६ सय रुपैयाँमा पुगेको छ ।