durbar-times

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य


उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य लगातार ओरालाे लागिरहेकाे छ । गत साताकाे अन्तिम दिन ५४३ रहेकाे मूल्य आज ६.४५ प्रतिशतले घटेर ५०८ रूपैयाँमा आइपुगेकाे छ । ३४० रूपैयाँबाट सुरू भएकाे मूल्य सबैभन्दा बढी ७२६ रूपैयाँ पुगेकाे थियाे । जतिबेला लगातार सकारात्मक सर्किट लागेकाे थियाे । ७२६ बाट ओरालाे लाग्ने दिन पनि सर्किट त लाग्याे तर नकारात्मक ।

समग्र नेप्से नै ओरालाे लागिरहेकाे अवस्थामा यसकाे मूल्य घट्नुलाइ अन्यथा लिन पर्ने अवस्था भने छैन । बजार सामान्य तलमाथी भैरहन्छ । तर हाल बजार दैनिक ठूलाे अंकमा घट्न थालेकाे अवस्थामा भने लगानीकर्ताहरू केही चिन्तित भएकाे देखिन्छ । आजमात्र ७९.७४ अंकले घटेकाे बजार कतै बियरिस ट्रेण्ड नै त हैन भन्ने शंका आम लगानीकर्तामा देखिन्छ ।

ठूलाे मात्रामा आइपिओ निष्कासन गरेकाे इन्फ्रास्ट्रक्चर बैंककाे मूल्य घट्दा पनि बढ्दा पनि ठूलाे समूहमा तरङ्ग पैदा हुन्छ । जसले गर्दा समग्र बजार नै प्रभावित हुने सम्भावना रहन्छ । बढ्दाे लगानीकर्ताकाे चापले पनि याे असम्भव हुन सक्दैन । शेयर बजारकाे सामान्य नियम र यसकाे गतिबारे कतिपय लगानीकर्ताहरू जानकार नहुनाले पनि सानाेतिनाे उतारचढावलाइ ठूलाे हल्ला बनाउन मद्दत पुगिरहेकाे हुन्छ ।

बजार तल गएपछि अवश्य माथी जान्छ भन्ने आत्मविश्वास कायम राखि हतास नभइ बजारलाइ अघि बढ्न मद्दत गर्नुपर्छ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send