सोमवारसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ।
मूल्य घटे पनि आज किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।
१० प्रतिशत मूल्य घटेपछि निफ्राको मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ। सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्।
ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो। कारोबार खुल्दा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो ।