durbar-times

पुन:स्थापित प्रतिनिधिसभाले काम गर्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई निर्वाचनका लागि जुट्न निर्देशन


पुन:स्थापित प्रतिनिधिसभाले काम गर्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई निर्वाचनका लागि जुट्न निर्देशन

काठमान्डौ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुन:स्थापित प्रतिनिधिसभाले काम गर्न नसक्ने भन्दै कार्यकर्ताहरूलाई निर्वाचनका लागि जुट्न निर्देशन दिएको छ।

चैत १३ गतेको मितिमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी सर्कुलरमा देश अब ताजा जनादेशमा जाने भन्दै त्यसको तयारीमा लाग्न मातहत कमिटी र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।

'संसदको पहिलो बैठक (फागुन २३ गते) को परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ', निर्देशनमा अध्यक्ष ओलीले भनेका छन्, 'अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि हाम्रो प्रयास केन्द्रित हुने छ, तर सबै विषय हाम्रो इच्छा या निर्णयमा मात्रै निर्भर छैन।'

निर्देशनमा भनिएको छ, 'सरकारको प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता छ। साथ साथै जुनसुकै बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनुपर्छ।'

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send