durbar-times

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो


निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

काठमाडौं | निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। शुक्रबार साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगले आगामी वैशाख १७ र २७ गते हुन लागेको मध्यावधि निर्वाचन तयारीका लागि दुवै समूहलाई छलफलका लागि बोलाएको हो। दुवै पक्षलाई अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधिलाई पठाउन भनिएको छ। प्रतिनिधि सभा विघटनपछि नेकपा अनौपचारिक रुपमा विभाजन भइसकेको छ।

'हामीले दुवै समूहलाई पत्र पठाएर छलफलका लागि बोलाएका छौं', प्रवक्ता श्रेष्ठले फरकधारसँग भने, 'अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधिसहित छलफलका लागि बोलाएका हौँ।'

श्रेष्ठका अनुसार उक्त छलफलका लागि दुवै समूहबाट ५/५ जनालाई डाकिएको हो। तर आयोगले यो छलफल उनीहरुको आधिकारिकता विवादमा केन्द्रित भएर गर्न लागिएको होइन।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send