एनएलजीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


एनएलजीको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स कम्पनीको आ २०७५/७६ को नाफाबाट दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आसन्न साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि बुक क्लोज गर्दैछ, त्यो अनुसार आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीको  आगामी मंसिर ५ गते १४ औं बार्षिक साधारण सभा हुदैंछ । कम्पनीको पानीपोखरी, काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि भर्चुअल रुपमा उक्त सभा हुने छ ।
कम्पनीले आव २०७५ र ७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले त्यो प्रस्ताव पारित गरेपछि शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छन्।

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?
नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेक…
ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका
पछिल्लाे समय नेपालि शेयर बजारमा लगानीकर्ताहरू ब्राेकरकाे रबैयाबाट पिडित भैरहेकाे गुनासाहरू सुन्न पाइन्छ । ब्राेकरले काराेबार गरेकाे रकम समयमै उपलब्ध नगराइदिने र कस्टुमर केयरसमेत नगर्ने गरेकाे कतिपय ग्राहकहरूकाे गुनासाे रहेकाे छ । यसै सन्दर्भमा हामीले नेपालमा आफूले काराेबार गरिरहेकाे ब्राेकर आफूलाइ च…
परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?
नेपालमा हाल शेयर बजारमा काराेबार गर्नेहरूकाे संख्या दिनानुदिन बढ्दाे छ । थाेरै लगानीमा राम्राे प्रतिफल आउने र लामाे समयसम्म बजारमा रहन पाउने भएकाले पनि लगानीकर्ताहरूकाे आकर्षण शेयर बजारमा देखिन थालेकाे हाे । अहिले प्राइमरी शेयरमा आवेदन दिने ग्राहकहरूकाे संख्या उल्लेख्य मात्रामा बढेकाे छ । हालैमात्…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...