http://bit.ly/bajajdurbartimes

‘बैंक अफ दि इयर २०२०’ को उपाधि एनएमबी बैंकलाई


‘बैंक अफ दि इयर २०२०’ को उपाधि एनएमबी बैंकलाई

काठमाडौँ, १७ मङ्सिरः एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले उक्त उपाधि पाएको यो तेस्रो पटक हो ।

बैंकको कूल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण शहरी, अर्ध शहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ । एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोवारलाई समेत प्रश्रय दिएको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तरराष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षको बीचमा तेस्रोपटक उपाधि पाउँदा हामी असाध्यै खुशी भएका छौँ भन्दै बैंकले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य रहेको छ ।”

कोभिड– १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पु¥याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (रासस)

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send