देशकै अग्रज हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दर्शकको प्रतिक्रियासँग डराउलान् ? अहिलेसम्म उत्कृष्ट स्तरको प्रहसन दिँदै आएका उनहिरु दर्शकको प्रतिक्रियासँग नै डराउलान् भन्ने कुरा पत्याउन कठिन हुन्छ । तर, मह संचारको ब्यानरमा निर्माण भएको फिल्म दाल भात तरकारी हेरेर दर्शकले प्रतिक्रिया दिन पाउने छैनन् ।
युट्युबमा अपलोड भएको फिल्म दाल भात तरकारीमा दर्शकले प्रतिक्रिया दिन नपाउने बताइएको छ । एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको यो फिल्मको भ्यू २.३ मिलियन भन्दा धेरै भइसकेको छ । फिल्म युट्युबमा १ नम्बर ट्रेण्डिङमा छ । तर, फिल्ममा कमेन्ट सेक्सन बन्द गरिएको छ । कमेन्ट किन बन्द गरियो भन्ने प्रस्ट छैन । केही महिनाअघि भारतीय दर्शकहरुले नातावादको आरोप लगाउँदै स्टारकिडका फिल्ममा डिस्लाइक अभियान नै चलाएपछि केही बलिउड फिल्मले पनि ट्रेलरमा लाइक नदेखिने बनाएका थिए ।