लक्ष्मीपूजामा विशेष योजना, भारतबाट विद्युत आयत गरेरै भएपनि लोडसेडिङ हुन नदिने


लक्ष्मीपूजामा विशेष योजना, भारतबाट विद्युत आयत गरेरै भएपनि लोडसेडिङ हुन नदिने

काठमाडौं । बर्षभरीमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ ।

कुनै कुनै बाहेक अधिकांश बर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत ब्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुने गरेको छ ।

आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ ।
तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस भनेर विशेष योजना बनाएको प्राधिकरणले जनाएको छ ।

चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गराएका थिए ।

विद्युत प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाएको बताउँछन् ।कारोबार दैनिकबाट

विर्सनै नहुने कुलमानका १० मुख्य कामहरु -Top 10 works of Kulman Ghising
लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट वाहवाही पाएका कुलमान घिसिङलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त नगर्ला कि भन्ने सम्भावना ज्यादा देखिएकाे छ। घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्…
कुलमानलाई देश निकाला गरौं !!
एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा. श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आए । केही वर्ष काठमाडौँमा बसेर केही शैक्षिक संस्थामा काम पनि गरे, अन्तत: केही वर्षअघि उनको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -” म हारेँ,काम गर्ने कुनै सकारात्मक वातावरण भएन । म त्यसैले गह्रौँ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...