Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

२०२१ लाई भारतसँग कुनै समस्या नरहेको वर्षको रुपमा घोषणा गरिनेछ:प्रधानमन्त्री ओली


२०२१ लाई भारतसँग कुनै समस्या नरहेको वर्षको रुपमा घोषणा गरिनेछ:प्रधानमन्त्री ओली

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् ।

भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या (कालापानी) रहेको छ ।’

भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’

1

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसट

2

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

3

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ

4

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

5

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

6

प्रचण्ड संसदीय दलको नेता चयन


Share Tweet Send