हामी तागत बढाइराख्छाैँ भन्दै किम जाेङ उनले गरे नयाँ मिसाइल प्रदर्शन


हामी तागत बढाइराख्छाैँ भन्दै किम जाेङ उनले गरे नयाँ मिसाइल प्रदर्शन

उत्तर काेरियाली नेता किम जाेङ उनले उत्तर काेरिया कुनैपनि युद्धबाट बच्नका लागि सँधै तयार रहने बताएका छन् । उनले शनिबार आयाेजना गरिएकाे एक सैनिक कार्यक्रममा नयाँ मिसाइलकाे प्रदर्शन गर्दै सैनिक अधिकारीहरूलाई सम्बाेधन गर्ने क्रममा उत्तर काेरिया कुनैपनि युद्धबाट बच्नका लागि तयार रहेर बस्ने बताएका हुन ।

शनिबार प्रदर्शन गरिएकाे नयाँ ब्यालेस्टिक मिसाइल याेभन्दा पहिले देखाइएका अन्य मिसाइलभन्दा पावरफुल रहेकाे उत्तर काेरियाली अधिकारीहरूले बताएका छन् । नयाँ मिसाइलकाे नाम पुकुगसन्स ४ रहेकाे छ ।

किम जाेङले शनिबार सैनिक समाराेहमा प्रदर्शन गरिएका अन्य हतियारसहित नयाँ मिसाइल आफ्नाे सुरक्षाकाे लागि मात्र भएकाे बताएका छन् । आफूले यसलाई गलत प्रयाेग नगर्ने तर अरूले हमला गरेमा भने यसकाे सहायताले त्यसलाई ध्वस्त पार्न भने तयार रहने बताएका हुन् । समाराेहमा रूसमा निर्माण गरिएका अन्य हतियारहरू पनि प्रदर्शन गरिएकाे सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

समाराेह रातिकाे समयमा गरिएकाे र त्यहाँ आतिसबाजीसमेत गरिएकाे बताइएकाे छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...