durbar-times

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ ।  आज हुने पहिलो खेलमा विराटनगर सिटी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र ललितपुरबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

बराबरी खेले ललितपुर बाहिरिनेछ । ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

दोस्रो खेलमा धनगढी र बुटवल लुम्बिनी भिड्दै छन्  ।

शीर्ष स्थानमा रहेको धनगढी प्लेअफ पुगिसकेको छ । धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।

बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ ।

बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ । प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send