नेपाल टेलिकमकाे शेयर मूल्य लगातार घट्दै गएकाे छ । १५०० रूपैँया प्रतिकित्ता पुगेका टेलिकमकाे शेयर मूल्य आज ११९९ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
आजमात्रै कम्पनीले गत आ.ब. काे नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने घाेषणा गरेपनि बजारमा लगानीकर्ताहरू भने खुशी देखिएनन् । बाेनश शेयरकाे घाेषणा हुँदा खुशी हुने लगानीकर्ताहरू नगद बाेनश घाेषणा हुँदा भने उत्साहित नदेखिएका हुन् ।
आज नेपाल टेलिकमकाे काराेबार १२३५ रूपैँया प्रतिकित्ताबाट सुरू भएकाे थियाे भने बढीमा १२७५ रूपैँया प्रतिकित्तासम्म पुगेकाे थियाे । तर त्यसपछि भने मूल्य ७३ रूपैँयाले घटेर ११९९ रूपैँया प्रतिकित्तामा कारेबार बन्द भएकाे छ।
