http://bit.ly/bajajdurbartimes

टेलिकमद्वारा शिक्षक र विद्यार्थीलाई निःशुल्क सिमसहित ५ जिबी डेटा र भ्वाइस


टेलिकमद्वारा शिक्षक र विद्यार्थीलाई  निःशुल्क सिमसहित ५ जिबी डेटा र भ्वाइस

काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराउन थालेको हो ।

सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट https//learning.cehrd.edu.np  चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्ने टेलिकमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो पनि: NTC को नम्बर कसरी थाह पाउने ? कलफरवार्ड कसरी गर्ने ? हेर्नुहोस सबै जानकारी

यी सुविधा प्रयोग गरेवापत मासिकरुपले लाग्ने जम्मा ९९ रूपैयाँ ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत् सरकारले व्यहोर्नेछ। यस योजनाबमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला (सियुजी) सिमकार्ड लिन सक्नेछन्।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्ने भन्दै टेलिकमले विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सीयूजीमा आबद्ध गर्न पनि सकिने जनाएको छ ।

सिम लिने प्रक्रिया

नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् । विद्यार्थीको लागि सिमकार्ड लिदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने उल्लेख छ ।

निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।

विद्यालयले पाठशाला सीयूजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सीयूजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ ।

टेलिकम भन्छ, ‘प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज्ड युजर ग्रुप (सीयूजी)  मा आबद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (whttps//learning.cehrd.edu.np) चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https//learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुन्छ ।’

टेलिकमले पाठशाला सीयूजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिने पनि जनाएको छ ।

नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सीयूजी सिम लिन सक्नेछन् । यस सेवाबाट फाइदा लिन सम्पूर्ण सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई टेलिकमले अनुरोधसमेत गरेको छ ।

यस सम्बन्धी थप जानकारीका लागि नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्न वा कम्पनीको वेबसाइट www.ntc.net.np मा रहेको पाठशाला सीयूजी अफर सम्बन्धी सूचनाको लिंक https://www.ntc.net.np/post/paathshala-cug-sim-distribution मा हेर्न सकिने टेलिकमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो पनि: के छ नेपाल टेलीकमकाे शेयर मूल्य बढ्नुकाे रहस्य ?

1

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

2

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

3

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

4

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

5

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

6

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति


Share Tweet Send