durbar-times

नुवाकाेटमा आगलागीबाट गाइ र गाेठ जल्याे


नुवाकाेटमा आगलागीबाट गाइ र गाेठ जल्याे

सुजन तिमल्सिना। नुवाकाेटकाे बेलकाेटगढी नगरपालिका ३ मा आगलागी भएकाे छ । आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।

चिम्टेश्वर नजिकै घर भएका ठाकुर पुडासैनीकाे घरमा आगलागी भएकाे हाे ।

बेलुका करिब ५ बजेकाे समयमा जङ्गलबाट सल्केर आएकाे डढेलाेले आगलागी भएकाे बताइएकाे छ । उक्त आगलागीले घर र गाेठमा क्षति पुर्याएकाे छ ।

आगलागीबाट गाेठमा रहेकाे एक गाइकाे मृत्यु हुनुका साथै दुईवटा गाई जलेर घाइते भएका छन् ।

आगलागीबाट घरमा रहेका लत्ताकपडाहरू नष्ट भएका छन् । आगाेले घरकाे काठलाईसमेत जलाउन थालेकाे अवस्थामा समयमा नै आगाे नियन्त्रण गर्न सकिएकाले अन्य क्षति भने हुन नपाएकाे स्थानीयबासीले बताएका छन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send