http://bit.ly/bajajdurbartimes

नयाँ इतिहासमा नेप्से , काराेबार रकमकाे नयाँ रेकर्ड कायम


नयाँ इतिहासमा नेप्से , काराेबार रकमकाे नयाँ रेकर्ड कायम

शेयर बजारमा आइरहेकाे उछालले नयाँ रेकर्ड कायम गर्न सफल भएकाे छ । नेपाली शेयर मार्केटकाे इतिहासमा नै आज पहिलाेपटक नेप्से परीसूचक १९०० पार गरेकाे छ । दिनकाे अन्त्यमा १८९३ विन्दुमा राेकिएकाे नेप्से परिसूचक आजनै १९०० पार गरि रेकर्ड राख्न सफल भएकाे हाे ।

त्यस्तै आज शेयर खरिद बिक्री काराेबार रकमले पनि नयाँ रेकर्ड कायम गर्न सफल भएकाे छ । आज कूल २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ७१ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।एनएमबि माइक्रोफाइनान्ससहित ४ वटा कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

अब आगामी दिनहरुमा पनि बजारले क्रमशः नयाँ नयाँ रेकर्डहरु बनाउँदै जाने विश्वास गरिएको छ । बढ्दो बजारमा केही करेक्सन हुनु सामान्य भए पनि औसतमा नेप्सेको गति माथितिरै हुने विश्लेषणहरु भइरहेका छन् ।

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send