साेमबार पनि नेप्से नयाँ उचाइमा स्थिर बनेकाे छ । दिनभर उतारचढाव आइरहेकाे शेयर बजार बन्द हुने समयमा भने केही सुधार भएकाे छ । इन्ट्रा डे मा २३४० काे विन्दुलाइ छाेएर फर्किएकाे नेप्से आज समग्रमा १७.३१ अंकले बढेर २३३२.३१ अंकमा बन्द भएकाे छ ।
२०७ कम्पनीकाे कुल १ कराेड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता ट्रेड हुँदा जम्मा ६ अर्ब ३१ कराेड बराबरकाे काराेबार भएकाे छ ।
आज सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्तीय संस्था रहेकाे छ भने सबैभन्दा बढी गुमाउनेमा समृद्दी फाइनान्स रहेकाे छ । सिभिलकाे आज बजार मूल्यमा १० प्रतिशत बृद्दि भएकाे छ भने समृद्दिकाे बजार मूल्यमा ४.१४ प्रतिशतले गिरावट आएकाे छ ।
आज हाइड्राेपावर समूहमा ११.५२ अंककाे गिरावट आएकाे छ । अन्य समूहहरू भने सुखद नै देखिएका छन् ।हाेटल समूह सबैभन्दा अघि देखिएकाे छ ।
सबैभन्दा बढी शेयर किनबेच प्रभु बैंककाे भएकाे छ । प्रभुकाे ३ कराेड ३४ लाख रूपैँयाभन्दा बढीकाे ७ लाख ६८ हजार ७ सय ५५ कित्ता शेयर काराेबार भएकाे छ ।