https://ntc.net.np/

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना


नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै समृद्धिको यात्रामा एक कदम अगाडि बढेको र मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताएका छन् ।

वितेका वर्षमा सुरु भएका विकास निर्माणका कारणमा उल्लेख्य सफलता हासिल भएको र पाँच वर्षअघिको विनाशकारी भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माण पनि लगभग सकिन लागेको जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण वर्षभरि नै त्रासमा बस्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु पर्यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्यायो । हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।’

उनले सन् २०२० मा नेपाल निम्न अर्थतन्त्रबाट निम्नमध्यम अर्थतन्त्रभएको मुलुकका रुपमा स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरे । सन् २०२२ सम्म मध्यम अर्थतन्त्र भएको मुलुक बनाउने संयुक्त राष्ट्रसंघको विकास लक्षमा नेपाल सरकार दृढ रहेको पनि उनको भनाई छ ।

आजै प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा विश्वका ३६ देशमा रहेका नेपालीहरुलाई भर्चुअल माध्यमबाट एकैपल्ट सम्बोधन गर्नेछन् ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send