durbar-times

नयायाधीशकै अगाडि कर्मचारीबीच कुटाकुट


नयायाधीशकै अगाडि कर्मचारीबीच कुटाकुट

काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्। उनको नाकबाट रगत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए। अहिले उनको अवस्था सामान्य रहेको निरौलाले बताए।

मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

'आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि  वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,' उनले भने।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send