उपत्यकामा जोर-बिजोर उल्लंघन गर्ने ७३७ नियन्त्रणमा


उपत्यकामा जोर-बिजोर उल्लंघन गर्ने ७३७ नियन्त्रणमा

उपत्यकामा जोर-बिजोर उल्लंघन गर्ने ७३७ वटा सवारीसाधनलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५७० वटा दुईपाङ्‍ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन थिए । ट्राफिक नियम उल्लंघन गर्ने एक हजार २४९ जनालाई उपत्यकामा हिजो ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जसमा नम्बर प्लेट स्पष्ट नराख्‍ने १८३ जना, ढोका खुलै राखेर चलाउने ७६ जना, मदिरा पिएर सवारीसाधन चलाउने २० जना, लेन उल्लङ्‌घन गर्ने तीनजना र ठूलो आवाजको हर्न बजाउने पनि ४० जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाभित्र गएको चौबीस घण्टामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...