काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली अति आक्रामक हुदै आएका छन् ।उनले अर्को समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति आक्रामक हुँदै आएका छन् ।
उनले प्रचण्ड र माधव नेपाललाई जत्तिकै घोचपेच भीम रावललाई गर्दै आएका छन् ।
हिजो रावलको गृहक्षेत्र सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले केही समय रावललाई घोचपेच गर्न खर्चिए । उनले भने, ‘नानीभन्दा नाना ठुला मान्छे भन्दा कुरा ठुला !’ रावलप्रति उनको व्यङ्ग्य थियो ।
ओलीले रावललाई बाहिर राष्ट्रवादी देखिने र भित्र उखरमाउलो चलखेल गर्ने गरेको आरोप पनि लगाए ।
अनेरास्ववियूको कार्यकर्ता भेलामा ओलीले भीम रावलप्रति व्यङ्ग्य गर्दै भनेका थिए, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी देखाए होलान् ?’
किन ओली रावलप्रति यति धेरै आक्रामक छन् ?
- तत्कालिन नेकपा एमालेको अन्तिम महाधिवेशनमा रावल माधवकुमार नेपाल पक्षमा थिए । उनले ओलीलाई हराउन देशभर र विशेषगरी सुदुरपश्चिमबाट पूरा शक्ति लगाएका थिए ।
- एमाले र माओवादीबीच एकीकरण हुँदा रावल सचिवालयमा लगिएनन् । उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका रावलले यसप्रति निकै असन्तुष्टि जनाएका थिए ।
- पार्टीभित्र ओलीको अधिकांश कदमको खुलेर आलोचना गर्ने रावल नै हुन्थे । उनी ओलीको एमसीसी संसदबाट पारित गर्न खोज्ने कदमको समेत विरोधी देखिएका थिए ।
- ओलीले बालुवाटारमा विदेशी अधिकारी र नेतालाई भेटेकोमा समेत आपत्ती जनाए ।
- रावलले प्रतिपक्षी दलका नेताले भन्दा खरो तरिकाले ओलीको आलोना गरिरहे । यसबाट ओली निकै आक्रोशित भएका छन् । त्यसैले उनले रावलको चर्को आलोना गरे ।