http://bit.ly/bajajdurbartimes

जहाँ ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य चिह्न: उपप्रधानमन्त्री पोखरेल


जहाँ ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य चिह्न: उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका प्रथम अध्यक्षसँग पार्टीको नाम र चुनाव चिन्ह रहने तर्क गरेका छन् । नेता पोखरेलले नेकपाको प्रथम अध्यक्ष केपी ओली नै रहेको र उनी जहाँ हुन्छन् नेकपा र सूर्य चिन्ह सोही समूहसँग हुने तर्क गरेका हुन् ।

धनुषाको कार्यक्रममा सहभागी भई रामेछापको कार्यक्रममा सहभागी हुन जानेक्रममा बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्रीले घोषणा गरेकै मितिका मध्यावधि चुनाव हुने पनि उनले दावी गरे ।

उनले भने, ‘वैशाखमा चुनाव हुनेमा कुनै शंका नगर्नुहोस् । ताजा जनादेश लिन निर्वाचन मिति भएसँगै प्रधानमन्त्रीले सुरक्षा निकाय र निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको छ ।’

कार्यक्रममा सहभागीहरुले पार्टीको चुनाव चिह्न के हुन्छ ? भन्दै गरेको प्रश्नमा जवाफ दिदै उनले भने,‘ जहाँ केपी ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य निह्न ।’

‘प्रधानमन्त्रीले आफ्नो तर्फबाट सर्बोच्चलाई जवाफ दिईसक्नु भएको छ । अदालत दायाँबायाँ’ गर्ने कुरै आउँदैन ।’,उनले भने ।

उनले नेकपा विभाजनको सबै दोष अर्का अध्यक्ष प्रचण्डलाई लगाए । उनले प्रचण्डको आरोपपत्रकै कारण पार्टी विभाजनसम्म पुगेको तर्क गरे ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send