durbar-times

ओली राजावादीसँग मिलिसके अब मलाई सिध्याउने मिसन: प्रचण्ड


ओली राजावादीसँग मिलिसके अब मलाई सिध्याउने मिसन: प्रचण्ड

काठमाण्डौ | प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताएका छन्। प्रचण्डले सडक प्रदर्शनसम्म आउनुका पछाडि आफ्नो पनि कमजोरी भएको स्वीकार गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो बताएका हुन् ।

उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो, त्यसका लागि उनी राजावादीसँग पनि मिलिसकेका छन्’, उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’

सुरुदेखि नै सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले दबाब दिएको भए सडकमा आउनुपर्ने अवस्था नहुने प्रचण्डले स्वीकार गरेका हुन्।

"यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, उहाँलाई फकाइफुल्याइ गरेर, मान दिएर मात्रै बस्यौं, तर केपी प्रवृत्ति सुधार्न सकेनौं। त्यसका लागि म तपाईंहरुको अगाडि आत्माआलोचित हुन्छु," प्रचण्डले सभालाई सम्बोधन गर्दै भने, "यो देशको संविधान नमान्‍ने, संघीय लोकतन्त्र गणतन्त्र नमान्‍ने जसरी विध्वंस गर्ने ओलीलाई सच्याउन सकेनौं, तीन वर्ष अघि नै अहिलेको जस्तो गरेको भए, केपी उहिल्यै नै नांगिन्थे, त्यसमा हाम्रो कमीकमजोरी भएको छ, अब त्यस्तो भूल गर्ने छैनौं, त्यसको प्रतिबद्धता गर्दछु।"

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send