जनता समाजवादी पार्टी (जसपा) नेतृ रेणु यादवले ओली, प्रचण्ड र नेपाल चोर भएकाे बताएकी छिन् । जसपाले आयाेजना गरेकाे विराेध सभालाइ सम्बाेधन गर्दै यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि गलत भएको टिप्पणी गरिन् । उनले भनिन्– ओलीले प्रचण्ड र नेपाललाई चोर भन्छन् । प्रचण्ड–माधव नेपालले ओलीलाई चोर भन्छन् । तर म भन्छु– दुबै जना चोर हुन् ।
भेलालाइ सम्बाेधन गर्दै जसपा अध्यक्ष राजेन्द्र महताेले प्रचण्डलाइ हजार वर्ष कैद गरे पनि कम हुने बताए। उनले प्रचण्डविरूद्द आक्राेश पाेख्दै युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँडेर हजारौको हत्या गरे । उनलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ ।
राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद गरिएकोसँग तुलना गर्दै महतोले भने– रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्डलाई एक वर्ष कैद गर्दा पनि पुग्दैन ।
नेपालको संविधानमै त्रुटि भएको भन्दै उनले संसद विघटन पनि त्यसकै परिणाम भएको तर्क गरे ।