नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे ओली पक्षीय संसदीय दलकाे बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।
पछिल्लाे राजनीतिक घटनाक्रमकाे विषयमा छलफल गर्न हिजाे प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गाैतमकाे निवासमा गएर आजकाे संसदीय दलकाे बैठकमा आउन आग्रह गरेकाे थिए । तर वामदेवले भने हाजिर हुन नसक्ने बताएका छन् ।
प्रचण्ड माधव नेपाल पक्षकाे संसदीय दलकाे बैठक बस्दै हिजाे प्रचण्डलाइ संसदीय दलकाे नेता चयन गरेकाे छ । यही सेराेफेराेमा ओली पक्षीय बैठक बस्न लागेकाे हाे ।
प्रतिनिधि सभा विघटन बदर भएपश्चात भाेली दिउँसाे ४ बजे संसद बैठक बस्दै छ । संसदमा पेश गर्ने विषयवस्तुका बारेमा पनि छलफल गरिने श्राेतले बताएकाे छ।