http://bit.ly/bajajdurbartimes

ओलीबाको अन्तर्वाता


ओलीबाको अन्तर्वाता

पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ?
ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् ।

पत्रकार: दशै कस्तो रह्याे ?
ओलीबा: कस्ताे हुनु? टिका लगाइयाे । सेल खाइयाे ।

पत्रकार: अनि, घरमै बसेर टिका लगाउनु भनेर आफैले निर्देश गर्ने अनि आँफै राष्ट्रपतिकाेमा जाने ?
ओलीबा: के भनाैँ ? दिल है के मानता नहीँ !!

पत्रकार: राष्ट्रपतिलाई कति दक्षिणा दिनुभयाे त टीका लगाए पछि ?
ओलीबा: त्यत्राे राष्ट्रपति पद, डेढ अरबकाे हेलिकप्टर, कराेडकाे कार्पेट त दिएँ, जाबाे खाममा दिएकाे दक्षिणाकाे के हिसाब ?

पत्रकार: दशैँकाे केही दिन अघि भारतीय गुप्तचर प्रमुख सामन्त कुमार आएका थिए नि, के थियाे स्पेशल ?
ओलीबा: के हुनु ? दशैँमा मुस्ताङकाे च्याङ्ग्राे खान आएका रहेछन् । मजाले फापरकाे ढिँडाे र च्याङ्ग्राेकाे मासु खाए । ढाेकामा टाँस्नु भनेर च्याङ्ग्राेकाे सिङ लैजान्छु भने, लिए गए ।

पत्रकार: के विषयमा कुरा भयाे त ? विशेष विमानमा आएका थिए ।
ओलीबा: कालापानीकाे कुरा गर्न आएका रहेछन्, च्याङ्ग्राकाे भुटुवा र कालाे पानी (ब्ल्याक लेबल) खुवाएर पठाइदिएँ ।

पत्रकार: ठीक छ एकछिन, पाटीभित्र जाँउ । माधव नेपालकाे प्रस्ताव केहाे ?
ओलीबा: उनकाे कुराे नगराैँ ! काम के न काज के । दुश्मन अनाज के ।

पत्रकार: अनि, प्रचण्डकाे विमति केमा हाे ?
ओलीबा: पकाउने जिम्मा मेराे हातमा सुम्पेपछि, डाडु पनियाे चाट्न पाइन भनेर रिसाउँछन्, के गर्नु ?

पत्रकार: के खाेज्नुभएकाे रहेछ त प्रचण्डले ?
ओलीबा: हेर्नुस्, करेसाकाे भूतले सात पुस्ता पिर्ने रहेछ । मन्छाउँछु, एकछिन शान्त । फेरी उस्तै । गाह्रो छ नि ।

पत्रकार: के गाह्रो छ ?
ओलीबा: देश चलाउन गाह्रो छ नि, घरमा बसेर फेसबुक चलाएकाे जस्ताे छैन नि

पत्रकार: अनि, भाेलि पाटीकाे कार्यदिशा के रहला ?
ओलीबा: हेर्नुस्, भविष्य र आफ्नाे पुठाे कसैले देखेकाे छैन, त्याे विषयमा केही नबाेलाैँ ।

पत्रकार: प्रचण्ड कहिले मिलियाे भन्छन्, कहिले फाटाे छ भन्छन्, खास भएको के हाे ?
ओलीबा: यिनी श्रीमतीजस्ता हुन्, उत्तिखेरै मिल्छन् । उत्तिखेरै रिसाउँछन् । यस्तै ताल छ ।

पत्रकार: गुटबन्दी चर्काे भयाे, तपाईंको पक्षमा कत्तिको छ बहुमत ?
ओलीबा: भालुकाे मलद्वारमा राैँकाे के कमी ? जति चाहिए पनि छ बहुमत । सरकार मजाले चल्छ, ढुक्क हुनुस्।

चिरन्जिवी ढकालका अन्य रचना पढ्नुहोस्

जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !
बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा पनि विष्णु, स्थलमा पनि विष्णु, जता पनि विष्णु नै विष्णु रहेछन् तर मेराे क्याबिनेटमा मात्रै विष्णु छैनन् । कसरी डाकाैँ ? कुन मन्त्रले आवाहन गराैँ ? फेरी, कम्युनिस्ट भइ टाे…
के लाग्छ र! भाग्यमा नै ‘श्री’ लेखेपछि
स्वस्ति श्री गिरिराज चक्रचूडामणि………… समरविजयिनाम् ………… तपाईं श्री युवराज खतिवडालाई राष्ट्रिय याेजना आयाेगकाे सदस्यमा नियुक्त गरिएकाे छ । अहाे आश्चर्यम् ! खतिवडा बाजेकाे खुशीकाे सीमाना रहेन । गाेडा भुइँमा रहेनन् । १२२७ किलोमिटर प्रतिघन्टाकाे गतिमा गाडी भगाएर घरतिर टाप कसे । घरकाे आँगनमा गएर ७ फन्का…
राजधानी भालुवाङ
हिजो भर्खर हातकाे ४ लाखका हिसाबले ८० लाख मूल्य गरेर ग्राहकलाई जग्गा देखाएर घर आएका दले दाइ आज त्यही ग्राहकलाई जग्गा भिडाउन मालपाेत जाने तयारीमा थिए । काेराेनाकाे मन्दीले ५ महिनासम्म घरमा घिराैँला खाँदाखाँदा वाक्क भएको उनकाे जिब्रो घडेरी बिकेपछि मासु खान पाइने लाेभमा र्याल टप्काउँदै थियाे । बडा मुस्क…
एकपाखे
पानी परिरहेको दिन, लाेहीमुते गाेरूलाई ख्वाउने भनेर पारी पाखाबाट १ भारी घाँस सकी नसकी ल्याएँ। चिसापाखे भन्ने ठाउँबाट ल्याएको चीसाे पानीकाे छहरे धारामा सर्लक्क नुहाएँ । जिउ फुर्तिलो भयाे । बासी राेटी चियामा डाेबेर खाजा खाँदै टिभी हेर्न बसियाे । जन्ता जान्न चाहन्छ भन्दै टेलिभिजन सेटकाे एउटा कुर्सीमा …
1

हिन्दी अन्तर्वार्ता

2

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

3

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

4

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

5

देशभर आजको मौसम यस्तो छ

6

आजको राशिफल


Share Tweet Send