http://bit.ly/bajajdurbartimes

ओलीले संकटकाल लगाउलान्? के भन्छन् विज्ञहरू? संवैधानिक व्यवस्थासहित


ओलीले संकटकाल लगाउलान्? के भन्छन् विज्ञहरू? संवैधानिक व्यवस्थासहित

संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निकालेका छन् ।

साेमबार पनि काठमाडौँसहित देशका विभिन्न भागमा सरकारी कदमका विरुद्ध प्रदर्शन भएको छ । यो प्रदर्शन चर्कदै जाने आँकलन गरिएको छ ।

प्रतिनिधिसभा विघटनपछि अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए । ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका थिए ।

के छ संविधानमा संकटकालको व्यवस्था ?

संविधानको धारा २७३ ले संककालको परिकल्पना पनि गरेको छ । उक्त धारामा ‘नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, आर्थिक उच्छृङ्खलता, प्राकृतिक विपत् वा महामारीको कारणरले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुन खास क्षेत्रमा लागु हुनेगरी संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्न सक्ने छ,’ भनिएको छ ।

शाीन्त सुरक्षा र महामारीलाई देखाएर प्रधानमन्त्रीले संकटकालको पूर्वतयारीअनुसार नै सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको बार एसोसिएशनका पूर्व महासचिव सुनिल पोखरेलको बुझाइ छ ।

उनले भने, ‘मुलुकमा आजबाट नागरिक सरकार छैन । गैरसंविधानिक तरिकाले उहाँ (केपी ओली)ले प्रधानमन्त्री जन्माउने संस्था नै विघटन गरिदिनुभयो । अब सेक्युरेटीफोर्सको आधारमा सरकार चल्छ । जनताबाट चलेको सरकारको बल संसद हुन्छ । उसलाई जहाँ अप्ठ्यारो पर्यो संसदमा जान्छ । त्यही अनुसारको कानुन बनाएर  ल्याउँछ । अब संसद नभएपछि सरकारको बल र भरथेग सेना र प्रहरी हो ।’

आइतबार सुरक्षा निकायसँग गरिएको छलफलले त्यसको सन्देश दिएको उनको भनाइ छ । ‘अब मैले राजनीतिक दलसँग सांसदसँग सल्लाह गर्र्ने होइन, सुरक्षा निकायका प्रमुखसँग सल्लाह गर्ने हो र त्यही अनुसार चल्ने हो भन्ने कुराको सन्देश दिनुभयो,’ पोखरलले भने ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send