https://ntc.net.np/

ओलीले थपेकाे केन्द्रीय कमिटीमा झापाबाट मात्र १८ जना (नामावलीसहित)


ओलीले थपेकाे केन्द्रीय कमिटीमा झापाबाट मात्र १८ जना (नामावलीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन् ।

सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर १००३ जना पुर्‍याएका छन् । सोमबारै मनोनित गरिएकाहरुलाई पनि मंगलबारको बैठकमा उपस्थित गराइएकाले बालुवाटारमा मंगलबार बसेको बैठकमा नेताहरुको उपस्थिति धेरै देखिएको थियो ।

ओलीले आफ्नो समूहमा रहेका विघटित प्रतिनिधिसभाका सांसदहरुलाई एकमुष्ट रुपमा केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसैवीच, प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाबाट मात्रै १८ जनाभन्दा बढीलाई केन्द्रीय सदस्य बनाइएको छ । प्रधानमन्त्रीको गृहजिल्लाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल लगायत छन् ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send