काठमाडौं । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को पुस २९ मा बसेको बैठकले उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
दुगडका अनुसार उनले आजै मात्र विशेष आर्थिक सल्लाहकारको नियुक्तिपत्र पाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए ।
तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् । योसँगै दुगडले अब मन्त्री सरहको सेवा सुविधा पाउने भएका छन् ।