durbar-times

पानी सम्झेर छ्यापेको एसिडबाट तीनजना घाइते


पानी सम्झेर छ्यापेको एसिडबाट तीनजना घाइते

होली खेल्ने क्रममा पानी भनेर एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । दुध डेरीमा राखिएको एसिड छ्याप्दा एक किशोरी र दुई बालक घाइते भएका हुन् ।

काठमाडौंको शंखरापुर नगरपालिका– १ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो ।

उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send