durbar-times

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने


पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

पारस खड्काले शनिबारबाट सुरु हुने त्रिकोणात्मक टि-ट्वान्टी श्रृंखला गुमाउने भएका छन् । आइतबार अभ्यासका क्रममा काँधको चोट बोकेपछि पारसले नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलत श्रृंखला नखेल्ने भएका हुन् ।

पारसले सामाजिक सञ्जालमार्फत आफूले अबको दुईदेखि तीन साताका आराम र फिजियोथेरापीमा रहने बताएका छन् । आफू मैदानमा नरहने भए पनि नेपाली टिम यस श्रृंखला जित्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।

त्रिकोणात्मक टि-ट्वान्टी श्रृंखला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरिसकिएको छ ।

शृंखलाको उद्घाटन खेलमा घरेलु टिम नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । बैशाख ५ मा हुने दोस्रो खेलमा नेदरल्यान्ड्स र मलेसिया आमनेसामने हुनेछन् ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send